बलात्कार आरोप लागेका मन्त्री शाहीलाई बर्खास्त गर्न माग « Drishti News – Nepalese News Portal
Logo

बलात्कार आरोप लागेका मन्त्री शाहीलाई बर्खास्त गर्न माग


दृष्टि संवाददाता


सुर्खेत । कर्णाली प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीलाई तत्काल बर्खास्त गर्न माग गर्दै सुर्खेतमा मुख्यमन्त्रीको कार्यालय घेराउ गरिएको छ ।

नेकपा एमाले निकट विद्यार्थी तथा संगठन युवा संघ नेपाल र अनेरास्ववियुले बलात्कारको आरोप लागेका कर्णाली प्रदेशका मन्त्री कूर्मराज शाहीलाई बर्खास्त गर्नुपर्ने माग गर्दै मुख्यमन्त्री कार्यालय घेराउ गरेका हुन् ।

सत्ता साझेदार नेपाली कांग्रेसले पनि घटनाको सत्यतथ्य छानबिन गर्न माग गरेको छ ।

केही दिन अघि मन्त्री शाहीबाट तत्कालीन स्वकीय सचिवकी श्रीमतीलाई यौन दूर्व्यवहार गरेको भिडियो बाहिरिएको थियो भने पीडित महिला र उनका श्रीमानले जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा बलात्कारसम्बन्धी जाहेरी दिएका थिए ।

सुर्खेतका विभिन्न संघसंगठन, संस्था र अधिकारकर्मीले बलात्कारको आरोप लागिसकेपछि मन्त्रीले नैतिकताका आधारमा पदबाट राजीनामा दिनुपर्ने माग राख्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्