Logo
Logo

काबुल विमानस्थल रकेट आक्रमण, विस्फोटकाे आवाज सुनियो



एजेन्सी । अफगानिस्तानको काबुल विमानस्थल नजिकै विस्फोट भएको छ ।

बीबीसीका अनुसार भने विमानस्थल नजिकै एक घरलाई लक्षित गर्दै रकेट आक्रमण हुँदा विस्फोटको आवाज सुनिएको हो । बीबीसीका पत्रकार सिकन्दर किरमानीले ट्वीट गर्दै रकेट आक्रमणपछि विस्फोट भएको भिडियो समेत पोष्ट गरेका छन् ।

समाचार एजेन्सी एएफपीले पनि विस्फोटको आवाज सुनिएको बताएको छ भने अलजजिराले पनि विस्फाेटकाे पुष्टि गरेकाे छ । बीबीसीका अनुसार भने विमानस्थल नजिकै एक घरलाई लक्षित गर्दै रकेट आक्रमण हुँदा विस्फोटको आवाज सुनिएको हो ।

तालिबानले अफगानिस्तान कब्जा गरेसँगै काबुलमा यो दोस्रो विस्फोट भएको हो ।

आइतबार बिहानमात्र अमेरिकी राष्ट्रपति जो बाइडनले काबुलमा आक्रमण हुन सक्ने चेतावनी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्