Logo
Logo

महाकवि देवकोटाको घर नभत्काउन आदेशदेखि १४ सांसदलाई कारवाही नहुनेसम्म



हेडलाइन्स् :

१. पछिल्लो २४ घन्टामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप २४ जनाको मृत्यु , हालसम्म मृत्यु हुनेको संख्या १० हजार ७ सय १४ पुग्यो, २२ सय ६० जना संक्रमण मुक्त, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार थप १३ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, मन्त्रालयका अनुसार ६२५ जनाको आइसीयू र १६७ जनाको भेन्टिलेटरमा उपचार गराउँदै, हाल सक्रिय संक्रमितको संख्या ३५ हजार ७ सय ९६ ।

२. निर्वाचन आयोगले दियो एमाले र जनता समाजवादी पार्टीका प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिलाई नयाँ गठन भएका पार्टी छनोटका लागि भदौ २२ गतेसम्मको समय, राजनीतिक दलसम्बन्धी अध्यादेशमा नयाँ दल गठन भएको २१ दिनभित्र पुरानो दलबाट नयाँ दलमा प्रवेश गर्नका लागि २१ दिनको समय दिने व्यवस्था गरिएकाले सोही अनुसार निर्णय भएको आयोगद्वारा जानकारी, प्रदेशसभाका सदस्यहरूले प्रदेश निर्वाचन आयोगको कार्यालय र स्थानीय तहका जनप्रतिनिधिले जिल्ला निर्वाचन आयोगको कार्यालयमा गएर नयाँ दलमा आफ्नो सनाखत गर्न पाउने ।

३. नेकपा एकीकृत समाजवादी संसदीय दलको नेतामा माधवकुमार नेपाल सर्वसम्मत रुपमा चयन, राष्ट्रिय सभाको संसदीय दलको नेतामा वेदुराम भुसाल चयन, बैठकद्वारा संसदीय दलको विधान मस्यौदा समिति गठन गरेका, समितिमा भवानी खापुङ, निरादेवी जैरु, शेरबहादुर कुँवर, लक्ष्मी चौधरी र ठगेन्द्रप्रकाश पुरी रहने, तत्काल कसैसँग पार्टी एकता नगर्ने अध्यक्ष नेपालद्वारा जानकारी ।

४. नेकपा (एमाले)ले कारबाहीका लागि सिफारिस गरेका १४ जना प्रतिनिधिसभाका सदस्यहरूलाई कारबाही गर्न नपर्ने सभामुख अग्नि सापकोटाको निर्णय, एमालेले कारबाही सिफारिस गरेका माधव नेपालसहित १४ सांसद मिलेर अर्को दल गठन भएको र नयाँ दल गठनको भएको जानकारी संसद्लाई समेत भइसकेको भन्दै कारबाही गरिरहन नपर्ने निर्णय भएको संसद सचिवालयद्वारा जानकारी, सभामुखले कलंकको टीका लगाएको एमाले प्रमुख सचेतक विशाल भट्टराईको प्रतिक्रिया ।

५. संग्रहालय बनाउने भन्दै नेपाल प्रज्ञा प्रतिष्ठानले भत्काउन सुरू गरेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको घरको भग्नावशेष नहटाउन सर्वोच्च अदालतको अन्तरिम आदेश , आइतबार न्यायाधीशहरू अनिलकुमार सिन्हा र बमकुमार श्रेष्ठको इजलासले यो निवेदनमा सुनुवाइ गर्दै भग्नावशेष नहटाउन र थप निर्माण कार्य गर्नुअघि पुरातत्व विभागसँग समन्वय गर्न अन्तरिम आदेश, मुद्दा नटुंगिएसम्म पुरातत्व विभागसँग समन्वय नगरी देवकोटाको घर निर्माणसँग सम्बन्धित कुनै पनि कार्य नगर्न आदेशमा उल्लेख ।

६. भदौ १८ गते अधिवेशन गर्न नसकेका वडाहरूमा अर्को मिति तोक्ने अधिकार सम्बन्धित जिल्लामा खटिएका निर्वाचन अधिकृतलाई दिइएको नेपाली कांग्रेसद्वारा जानकारी, भदौ १८ गते नै देशैभरि एकसाथ वडा अधिवेशन गर्ने तयारी भएको सहमहामन्त्री प्रकाशसरण महतद्वारा जानकारी, सकेसम्म छ हजार सात सय ४३ वटै वडामा एकैसाथ अधिवेशन हुने, कारणवश अधिवेशन हुन नसकेको अवस्थामा त्यस्ता वडाहरूमा निर्वाचन समितिले अर्को मिति तोकेर अधिवेशन गराउन सक्ने ।

७. अविरल वर्षापछिको बाढी, पहिरो र डुवानका कारण पछिल्लो ३ दिनमा ९ जनाको मृत्यु , ४ जना बेपत्ता, राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भदौ १० देखि परेको अविरल वर्षापछिको विपदका कारण ५ जना घाइते, ४२ घर पूर्ण रुपमा क्षति, विपदका कारण समस्यामा परेका ७५६ जनालाई सुरक्षित आश्रयस्थलमा राखियो, भदौ १५ गतेसम्म वर्षाको सम्भावना रहेको भन्दै प्राधिकरणले सर्वसाधारणलाई सुरक्षित हुन आग्रह ।

८. तेह्रथुम पावरको आईपीओमा २३ लाख ८८ हजारको आवेदन, शेयर बजारमा दुई अंकको गिरावट, साढे १५ अर्बको कारोवार, घटेको बजारमा दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार, राष्ट्र बैंकले कानून विपरित १ अर्ब २४ करोड ४५ लाख भत्ता वितरण गरेको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख, निजी क्षेत्रका सवालमा सहकार्य गर्न परिसंघलाई नाडाको प्रस्ताव, उद्योग बिस्तारमा छलफल, सवारी लाइसेन्सको ट्रायल भदौ २० बाट खुल्दै, उपत्यकाका कार्यालयले गरे सतर्कतासहित तयारी ।

९. राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ ह्वाटमोरको राजीनामाले क्यान आश्चर्यमा, राजीनािमा बुझाएकाले नयाँ प्रशिक्षक छिट्टै नियुक्त गर्ने क्यानद्वारा जानकारी, भारतीय प्रशिक्षक लालचन्द राजपूतले ह्वाटमोरको स्थान लिन सक्ने, बार्सिलोनाबाट बाहिरिएर पीएसजीमा अनुबन्ध भएका लियोनल मेसीले डेब्यु खेल खेल्दै ।

१०.र, अफागनिस्तानको काबुल विमानस्थलमा फेरि आतंककारी हमला हुनसक्ने अमेरिकी चेतावनीबीच अर्काे विस्फोट, एक घरमा रकेट आक्रमण हुँदा विस्फोटको आवाज सुनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमद्वारा उल्लेख, सरकारी सम्पति एक साताभित्र फिर्ता गर्न अफगान नागरिकलाई तालिवानको निर्देशन, कंगोमा १९ जनाको सामूहिक हत्या, आईएससँग सम्बद्ध युगाण्डाका विद्रोहीले हत्या गरेको पुष्टि ।

प्रतिक्रिया दिनुहोस्