Logo
Logo

बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक



तस्बिर: प्रधानमन्त्री देउवाको सचिवालय।

काठमाडौं । बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक बसेको छ । मन्त्रिमण्डललाई पूर्णता दिन सत्तारूढ गठबन्धनको बैठक आज बिहान ९ः३० बजेदेखि जारी छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवलगायतबीच छलफल भइरहेको छ ।

प्रधानमन्त्री देउवाले डेढ महिना हुँदा पनि मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् । कुन दलले कति मन्त्रालय र कुन-कुन मन्त्रालय लिने भन्नेबारे सत्तारू गठबन्धनबीच छलफल गरी टुंग्याउन लागिएको छ ।

प्रतिक्रिया दिनुहोस्