Logo
Logo

‘ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्ण’



गण्डकी । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् ।

प्रदेश प्रमुख गुरुङले आज शुभकामना सन्देश व्यक्त गर्दै ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्मोत्सवका दिन मनाइने यो पर्वले सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगति ल्याओस् भन्ने कामनासहित शुभकामना व्यक्त गरेका हुन् ।

बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त समाजलाई एकताको सुत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा सद्भाव कायम गर्न श्रीकृष्ण जन्माष्टमी पर्वले सहयोग पु¥याउने उनले विश्वास व्यक्त गरेका छन् ।

मुलुकको सभ्यता र सम्पन्नताका सूचक भाषा, धर्म, कला, संस्कृति, परम्परा तथा रीतिरिवाजलाई जोगाउन सबैको सत्सङ्कल्प, सद्भाव, सद्विचार र सत्कर्मका माध्यमबाट चीरकाल पर्यन्त अक्षुण्ण राख्न सकिने शुभकामना सन्देशमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्