Logo
Logo

प्रदीप नेपालले छाडे माधवको साथ



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता प्रदीप नेपालले पार्टी परित्याग गरेका छन् । पार्टीले जनताको बहुदलीय जनवाद (जबज) सिद्धान्त छोडेको भन्दै नेता नेपालले आफू उक्त पार्टी नरहेको जानकारी दिएका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले धोका दिएको आरोप पनि लगाएका छन् ।

उनले लेखेका छन्, ‘तपाई पनि झेली कुरा गर्न सिक्नु भएछ । बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस भनेको थिएँ । तर आखिरमा तपाईंबाट पनि मैले धोकाकै उपहार लिएर जानु पर्ने भो । विदा ।’

नेता नेपालले आफू एमाले अध्यक्ष केपी ओलीसँग पनि नजाने उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘माधव कमरेड, म केपीसँग जान्न । किनभने तानाशाही प्रवृत्तिको म सधैं विरोधी हुँ ।’

प्रतिक्रिया दिनुहोस्