Logo
Logo

पार्टी विभाजनविरुद्ध उत्रिन एमालेको सर्कुलर



काठमाडौंं । नेकपा एमालेले पार्टी विभाजनविरुद्ध उत्रिन सर्कुलर जारी गरेको छ ।

प्रदेशसभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधिहरूलाई पार्टी विभाजनविरुद्ध उत्रिन एमालेले आइतबार आन्तरिक पार्टी निर्देशन जारी गरेको हो ।

एमालेले पछिल्ला बैठकको निर्णय समेटेर जारी गरिएको अन्तर पार्टी निर्देशन (अपानी)मा पार्टीको पक्षमा सक्रिय भूमिका खेल्न पार्टीका सबै जनप्रतिनिधि सदस्यहरुलाई निर्देशन दिइएको छ।

जनप्रनितिधिहरुलाई अपनीमा भनिएको छ, ‘…यसका साथै २१ दिनसम्म प्रदेशसभा सदस्यहरु तथा स्थानीय तहका जनप्रतिनिधिहरुले दल छनोट गर्न पाइने भनी जारी गरिएको सूचनाबाट प्रभावित नहुन, पार्टीमा विभाजन र विखराव ल्याउने प्रयासका विरुद्ध दृढतापूर्वक उभिन र पार्टीको पक्षमा सक्रिय भूमिका निर्वाह गर्न हाम्रो पार्टीको तर्फबाट निर्वाचित सबै प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरुलाई बैठकले निर्देशित गरेको छ ।’

एमाले फुटाएर माधवकुमार नेपालले नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी फुटाएर महन्थ ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दल दर्ता गरेका छन् । दुवै पार्टीलाई निर्वाच आयोगले दल दर्ताको प्रमाणपत्र दिइसकेकाे छ ।

आयोगले आइतबार एक विज्ञप्ति जारी गर्दै प्रदेश र स्थानीय जनप्रतिनिधिहरुलाई भदौ २२ गतेसम्म आफ्नो दल रोजिसक्न भनेको छ ।

प्रतिक्रिया दिनुहोस्