Logo
Logo

पाटनको कृष्ण मन्दिरमा भक्तजनको भिड (फाेटाेफिचर)



काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा-आराधना गरी श्रद्धा-भक्तिपूर्वक मनाउँदैछन् ।

यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा(आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।

यस वर्ष पनि अघिल्ला वर्षहरुमा जस्तै कृष्ण मन्दिरमा भक्तजनहरुको भिड लागेको छ । तर कोरोनाभइरसका कारण भक्तजनहरुलाई मन्दिर प्रवेश गर्न दिइएको छैन । ललितपुरको पाटनमा रहेको कृष्ण मन्दिर पनि भक्तजनहरूको घुँइचो लागे पनि भक्तजनहरुले बाहिबाटै पूजा अर्पण गरी फर्किएका छन् ।

जन्माष्टमीका दिन पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा ठूलो मेला लाग्ने गरेकामा यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण मेला लागेको छैन । काठमाडौँका विभिन्न धार्मिक सङ्घसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ ।

तस्वीर : न्युज कारखाना

प्रतिक्रिया दिनुहोस्