Logo
Logo

एमालेको इलाम-काठमाडौं सम्पर्क मन्च एकीकृत समाजवादीमा समाहित



काठमाडौं । नेकपा (एमाले) इलाम–काठमाडौं सम्पर्क मन्च माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) पार्टीमा समाहित हुने निर्णय गरेको छ ।

मन्चका अध्यक्ष तुलसी बस्नेतको अध्यक्षता र एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य प्रेमलकुमार खनाल, युवा संघ नेपालका उपमहासचिव संजिप राई र प्रदेश नम्बर एकका सदस्य दिपक पौडेल लगायतको विशेष उपस्थितिमा आज बसेको बैठकले एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्ने निर्णय गरेको हो ।

यस्तै बैठकले काठमाडौंमा बसोबास गर्ने इलामेहरुको बृहत भेला भदौ २६ गते गर्ने निर्णय गरेको मन्चका सचिव विकास रेग्मीले बताए । इलाम जिल्ला पार्टी कमिटी तथा सम्पूर्ण जन संघठनहरुलाई नेकपा एकीकृत समाजवादी पार्टीमा गोलबद्ध हुन बैठकले अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्