Logo
Logo

मैत्रीपूर्ण फुटबल खेल्न भारतीय राष्ट्रिय टाेली नेपालमा



काठमाडौं । नेपालसँगको मैत्रीपूर्ण खेलका लागि भारतीय राष्ट्रिय फुटबल टोली सोमबार नेपाल आइपुगेको छ ।

भदौ १७ र २० गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलका लागि कप्तान सुनिल क्षेत्रीसहित २५ सदस्यीय टोली नेपाल आएका हुन् ।

दुवै टिम अगामी अक्टोबर १ देखि १६ सम्म माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीमा छन् ।

यसअघि नेपालले भारतसँग २०१५ मार्चमा दशरथ रंगाशालामा खेलेको थियो । २०१८ को विश्वकप छनौट खेलमा दुवै टोली गोलरहित बराबरीमा रोकिएका थिए ।

अहिलेसम्म नेपाल–भारत टिम १९ खेलमा आमने–सामने भएका छन् । त्यसमध्ये भारतले १३ खेल जितेको छ । नेपालले भारतलाई दुईपटक जितेको छ ।

नेपालले अन्तिमपटक काठमाडौंमा भएको २०१३ को साफ च्याम्पियनसिपमा भारतलाई २–१ गोलले पराजित गरेको थियो ।

विमानस्थलमा एन्फा उपाध्यक्ष शिक्षित पराजुलीले स्वागत गरेपछि सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिँदै भारतीय कप्तान क्षेत्रीले आफ्नो टिममा पनि युवा खेलाडीको बाहुल्यता रहेको बताएका थिए ।

पालसँगको खेल आफूहरुलाई निकै महत्वपूर्ण रहेको बताउँदै नेपाली टिमलाई कमजोर नआँक्ने पनि उल्लेख गरे । सिनियर खेलाडीहरुको अभाव आफ्नो टिममा खड्कने बताउँदै काठमाडौंमा अभ्यास गरेपछि कमजोरी सुधार हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्