Logo
Logo

कुनै कार्यकारी पदमा नबस्ने झलनाथ खनालकाे घाेषणा



काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ नेता झलनाथ खनालले कुनै पनि कार्यकारी पदमा नबस्ने घोषणा गरेका छन् ।

सोमबार दिल्लीमा मृगौला प्रत्यारोपण गराएर स्वदेश फर्किएका नेता खनालले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै आफू कुनै कार्यकारी जिम्मेवारीमा नबस्ने बताएका हुन् ।

उनले भने, ‘उमेरले ७१ वर्ष पार गरिसके। पछिल्लो सर्जरीपछि पाएको नयाँ जीवन मेरो नाफाको बोनसको जीवन हो। अब सास रहुञ्जेल, देश, राष्ट्रियता, कम्युनिस्ट आन्दोलनको विकास, विस्तार र सुदृढीकरणमा लाग्छु।’

पार्टीले दिएको जिम्मेवारीअनुसार नयाँ क्रान्तिकारी धारबाट समाजवादको लक्ष्यमा पुग्ने वातावरण तय गर्नमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्