Logo
Logo

मन्त्री बनाउन एकीकृत समाजवादीका तीन मापदण्ड तय



तस्वीर : आरती लामाको फेसबुकबाट

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीेले गठबन्धनको सरकारमा सहभागी हुने मन्त्री बन्न तीन मापदण्ड तय गरेको छ ।

शेरबहादुर देउवा नेतृत्वको सरकारको मन्त्रिपरिषदमा सहभागी हुन तीन मापदण्ड तय गरिएको नेता बेदुराम भुसालले जानकारी दिए ।
मापदण्ड अनुसार भूगोल, समावेशीता र नयाँ पुराना पुस्ताबीचको सन्तुलन कायम गरिनेछ ।

मन्त्रिपरिषद् विस्तारबारे आज सत्तारुढ गठबन्धनका नेताहरुबीच बालुवटारमा छलफल भएको थियो । बुधबारसम्म मन्त्रिपरिषद् विस्तार गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्