Logo
Logo

श्रीलंकामा विष्फोट : मृत्यु हुनेको संख्या १४१ पुग्यो, ५ सय बढी घाइते


- दृष्टि न्युज/संवाददाता


AFP PHOTO

कोलम्बो, ८ बैशाख (एजेन्सी) । श्रीलंकाको राजधानी कोलम्बोका प्रतिष्ठित होटल एवं चर्चमा आइतबार भएका शृंखलाबद्ध बिस्फोटमा मृत्यु हुनेको संख्या १४१ जना पुगेको प्रहरीले जनाएको छ । बिस्फोटका कारण अरु पाँच सयभन्दा बढी घाइते भएको जनाइएको छ ।
पहिलो बिस्फोटन राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च र राजधानी नजिकको सेन्ट सेबास्टियन चर्चमा भएका थिए । चर्चमा बिस्फोट भएलगत्तै राजधानीका तीनवटा होटलमा पनि आक्रमण भएको प्रहरीले जनाएको छ। राजधानी कोलम्बोका सांग्र्रिला, सिनमन ग्रान्ड र किङ्सबरी होटलमा पनि बिस्फोट भएका छन् । मुलुकको पूर्वी क्षेत्र बाट्टिकोलोवा नगरको एक चर्चमा पनि बिस्फोट भएको छ ।
बौद्धमार्गी बहुल श्रीलंकामा करिब ६ प्रतिशत क्याथोलिक सम्प्रदायका मानिस छन्।गिर्जाघरमा बिस्फोट हुँदा इसाई धर्मावलम्बीहरु इस्टर पर्वका अवसरमा आयोजित धार्मिक कार्यक्रममा सहभागी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्