Logo
Logo

किन निरिह हुँदैछन् आइजिपी ?



काठमाडौं । ‘मेरो नरमपनलाई कमजोरीका रुपमा नलिइयोस्’ प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बारम्बार यो वाक्य दोहो¥याउने गरेका छन् । तर, पछिल्लो समय यो वाक्यले उनी आफैंलाई गिज्याउन थालेको छ । सामान्य कारबाहीमा पनि उनी डराउन थालेका छन् ।

रौतहटको प्रहरीले नियोजित रुपमा पत्रकारलाई लागु औषध आफैं राखेर पक्राउ गरेको पुष्टि भइसकेको छ । यसमा एसपीको मिलेमतोको छानबिन जारी छ । तर, उनको कमजोरी प्रष्ट भइसकेको छ । यति हुँदा पनि उनलाई जिल्लाबाट हटाउन सकेका छैनन् । एसपी शाहलाई छानबिनपछि कारबाही गरेपनि सिंगो प्रहरी संगठनमाथि नै अविश्वास बढाउने छ । एसपी शाहमाथि समयमा नै कारबाही नहुँदा आइजिपीमाथि प्रश्न उठेको छ ।

अर्का एसपी ओमबहादुर रानामाथि कारबाही गर्न सिफारिस भएको दुई साता हुँदा पनि प्रक्रिया सुरु भएको छैन । जिप्रका बाँकेमा हुँदा एसपी रानाले एक काठ तस्करलाई पक्राउ गरी छाडेको छानबिन समितिले प्रतिवेदन बुझाएको छ । पटक पटक कारबाही भोगेर पनि आकर्षक पोष्टिङ पाउँदै आएका रानामाथि यसपटक पनि दबाबकै भरमा सामान्य कारबाही गर्न लागिएको छ । एसपी राना गृहमन्त्रालयदेखि अख्तियारका उच्च अधिकारीलाई समेत भेटेर कारबाही रोक्ने दौडधुपमा लागेका छन् । अन्य केही घुमुवाविरुद्ध पनि कारबाहीमा आलटाल गरिएको छ ।

त्यस्तै अवस्था छ लेखापाल सरुवामा भएको छ । असारमा हुनुपर्ने सरुवा भदौमध्यससम्म पनि हुन सकेको छैन । दबाबका कारण सरुवा हुन नसकेको बताइएको छ । तर, यसमा महानिरीक्षकको पनि नेतृत्व क्षमता कमजोर देखिएको प्रहरी अधिकारीहरू बताउँछन् । सामान्य विषयमा पनि निर्णय गर्न नसक्ने अवस्थामा उनी पुगेका छन् । जसमा संगठनमा अराजकता बढ्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस्