Logo
Logo

विवेकशील साझाका अध्यक्ष र संयोजकले बोलाए छुट्टाछुट्टै बैठक



काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष र संयोजकले छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठक बेलाएका छन् ।

अध्यक्ष रविन्द्र मिश्रले एकतर्फीरुपमा बिहीबारका लागि बैठक बोलाएपछि संयोजक मिलन पाण्डेले पनि केन्द्रीय कमिटी बैठक बोलाएका हुन् ।

मंगलबार मिश्रले ‘पार्टीभित्र उत्पन्न परिस्थितिबारे छलफल गर्न’ भन्दै केन्द्रीय सदस्यहरुलाई इमेल गरेर बैठक बोलाएका थिए ।

मिश्रले बोलाएको बैठक एकीकरणको सम्झौता विपरीत भएको भन्दै संयोजक पाण्डेले रोक्न माग गरेका थिए । तर बुधबार केन्द्रीय सदस्यहरुलाई पत्र पठाउँदै उनले भदौ १७ गते बिहान ११ बजे छुट्टै बैठक बोलाका हुन् ।

‘विवेकशील साझा पार्टीको विधान दफा २० (१०) अनुरुप यसअघि केन्द्रीय अध्यक्ष र केन्द्रीय संयोजकको सहमतिमा बैठक बोलाउने एवं एजेण्डा तय गरिने गरिएको व्यहोरा यहाँहरु सबैलाई अवगतै छ’ पत्रमा भनिएको छ ।

पाण्डेले बोलाएको बैठकमा बैठक सञ्चालन कार्यविधि पारित गर्ने, न्याय तथा सुशासन आयोग गठन गर्ने, वैकल्पिक पाठशाला (स्कुल अफ अल्टरनेटिभ पोलिटिक्स) को स्थापना, पार्टीमा देखिएको वैचारिक विचलन र आगामी कार्यदिशा लगायतका एजेण्डामा छलफल हुने भनिएको छ ।

पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले राजसंस्थाको वकालत गर्दै सघीयता खारेजी र धर्मनिरपेक्षतामा जनमत संग्रह गर्नुपर्ने मागसहितको दस्तावेज सार्वजनिक गरेपछि पार्टीमा वैचारिक मतभेद हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्