बागमतीमा एकीकृत समाजवादीका पक्षमा १२ सांसद « Drishti News – Nepalese News Portal
Logo

बागमतीमा एकीकृत समाजवादीका पक्षमा १२ सांसद


दृष्टि संवाददाता


काठमाडौं । बागमती प्रदेशसभामा एमालेका १२ जना सांसद माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीमा खुलेका छन् ।

नेकपा (एमाले)को विवादपछि पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचन आयोगमा नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताका गराएका थिए ।

दल दर्ता भएसँगै निर्वाचन आयोगले मंगलबार सनाखत गर्न समय अवधि तोकेको थियो । उक्त समय अवधिमा १२ जना सांसदहरुले नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेक हुन् । मंगलबार हेटौंडास्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा गई उनीहरुले आफू नेकपा एकीकृत समजवादी पार्टीमा आवद्ध हुन चाहेको उल्लेख गरेका छन् ।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारका सामाजिक विकास मन्त्री कृष्णप्रसाद खनालसहित प्रदेशसभा सदस्य राजेन्द्र पाण्डे, मुनु सिग्देल, रमा आलेमगर, लक्ष्मण लम्साल, बसुन्धरा हुमागाईं, माधव पौडेल, वसन्त मानन्धर, पार्वती सिलवाल, कुसुम कार्की, इन्द्रमाया गुरुङ र राजेन्द्रमान श्रेष्ठले आयोग पुगेर सनाखत गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्