Logo
Logo

अष्टलक्ष्मी शाक्य अल्पमतमा, मुख्यमन्त्रीमा पाण्डेको दाबी



हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् । नेकपा एमालेका १२ सांसदले नेकपा एकीकृत समाजवादी दल रोजेसँगै मुख्यमन्त्री शाक्य अल्पमतम परेकी हुन् ।

मुख्यमन्त्रको लागि नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले गरेका छन् । निर्वाचन आयोगले आफ्नो दलको संख्या दिएपछि प्रदेशसभाम पेश गर्ने उनले जानकरी दिए । उनले भने, ‘२३ गते आयोगले हाम्रो दलमा सांसद संख्या यति छ भनेर दिन्छ, लगत्तै हामी प्रदेशसभामा पेश गर्छौं ।’

१०९ सदस्यीय प्रदेशसभामा एमालेका ५६ सांसद थिए । एकल बहुमत भएकाले २ भदौमा डोरमणि पौडेलले राजीनामा दिएपछि शाक्य मुख्यमन्त्री बनेकी थिइन् । तर एमाले फुटेर नेकपा (एकीकृत) समाजवादी बनेपछि एमले सरकार अल्पमतमा परेको छ ।

राजनीतिक दलसम्बन्धी अध्यादेश अनुसार प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्न निर्वाचन आयोगले २२ गते साँझ ५ बजेसम्मको समय दिएको छ ।

प्रतिक्रिया दिनुहोस्