
काठमाडौं । नेपाली काँग्रेसको संस्थापन इतर पक्षले भदौ २२ गतेपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने निष्कर्ष निकालेको छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेल निवास बोहोराटारमा बसेको बैठकले माधव नेपाल नेपाल पक्षको आन्तरिक समीकरण मिलाउनु पर्ने भएकाले भदौ २२ सम्म मन्त्रिपरिषद् विस्तार नहुने निष्कर्ष निकालिएको हो ।
बैठकले मन्त्रालयबारे छिटो टुंगो लगाउन पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई दवाव दिने निर्णय गरेको छ । बैठकले प्रधानमन्त्री देउवाले आफू पक्षलाई दिने मन्त्रालयबारे विषयनै प्रवेश गराउने काम अझै नगरेको भन्दै असन्तुष्टि समेत व्यक्त गरेको छ ।
पौडेल पक्षले आफ्नो पक्षबाट जातीय, क्षेत्रीय सन्तुलन मिलाएर सरकारमा पठाउने निर्णय पनि गरेको छ ।
बैठकमा पार्टीको आसन्न महाधिवेशनमा आफ्नो पक्षबाट एक जनाले मात्रै सभापतिमा उम्मेदवारी दिने प्रतिवद्धता पनि नेताहरुले जनाएका थिए ।











