Logo
Logo
मुख्य रजिष्ट्रारलाई सर्वोच्चको प्रश्नः

न्यायाधीशको सम्पत्तिसम्बन्धी रिट किन दर्ता नगरेको ?


1.6k
Shares

काठमाडौं । सर्वोच्च अदालतले न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न माग गर्दै दायर रिट दर्ता गर्न अस्वीकार गर्ने (दरपीठ गर्ने) मुख्य रजिष्ट्रारलाई  दर्ता नगर्नुको कारण पेस गर्न आदेश दिएको छ । 

अधिवक्ता प्रवेश केसीले दायर गरेको सम्पत्तिसम्बन्धी रिट एक महिनाअघि मुख्य रजिष्टार लालबाबु कुँवरले दर्ता गर्न नमिल्ने भन्दै फर्काइदिएका थिए । 

उनको दरपीठ आदेशविरुद्ध इजलासमा परेको निवेदनमा सुनुवाई गर्दै न्यायाधीश हरिकृष्ण कार्कीले दरपीठ गर्नुपर्ने कारण खुलाएर इजलासमा प्रतिवेदन पेस गर्न मुख्य रजिष्ट्रारलाई आदेश दिएका छन् । 

अधिवक्ता केसीले न्यायाधीशको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने, न्यायाधीशको सम्पत्ति गोप्य राख्ने विद्यमान कानुन बदर गर्नुपर्ने मागसहित रिट दर्ता गराउन खोजेका थिए । 

सम्पत्ति विवरण गोप्य राख्ने कानुन संविधानको धारा २७ को सूचनाको हकसँग बाझिएको भन्दै दर्ता गर्न खोजेको रिट उनले दर्ता गर्न अस्वीकार गरेका थिए । कुँवरको जवाफसहितको प्रतिवेदन पेस भएपछि इजलासले रिट दर्ता गर्ने या नगर्ने भन्ने आदेश दिनेछ । 

प्रतिक्रिया दिनुहोस्