Logo
Logo

वागमतीका सामाजिक विकासमन्त्रीद्धारा राजीनामा



हेटौडा । वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री कृष्ण शर्मा खनालले राजीनामा दिएका छन् । अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री भएकै दिन मन्त्री बनेका खनालले आज (बुधबार) बिहान पदबाट राजीनामा दिएका हुन् ।

मंगलबार उनले औपचारिक रुपमा वाग्मती प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडामा उपस्थित भएर नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्दै सनाखत गरेका थिए । अर्कै दल रोजेकाले काम गर्न सजिलो होस् भनेर मन्त्री पदबाट राजीनामा दिएको खनालले बताएका छन् । खनाल नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्यसमेत हुन् ।

बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परिसकेका छन् । नेकपा एमालेका १२ सांसदले नेकपा एकीकृत समाजवादी दल रोजेसँगै मुख्यमन्त्री शाक्य अल्पमतम परेका हुन् ।

१०९ सदस्यीय प्रदेशसभामा एमालेका ५६ सांसद थिए । एकल बहुमत भएकाले २ भदौमा डोरमणि पौडेलले राजीनामा दिएपछि शाक्य मुख्यमन्त्री बनेकी थिइन् । तर एमाले फुटेर नेकपा ९एकीकृत० समाजवादी बनेपछि एमले सरकार अल्पमतमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्