प्रधानमन्त्री देउवाद्वारा वृक्षरोपण अभियान शुभारम्भ « Drishti News – Nepalese News Portal
Logo

प्रधानमन्त्री देउवाद्वारा वृक्षरोपण अभियान शुभारम्भ


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निजामती सेवा दिवसका अवसरमा ‘राष्ट्रसेवक कर्मचारी वृक्षरोपण अभियान’ शुभारम्भ गरेका छन् ।

प्रधानमन्त्रीले बुधबार काठमाडौँ महानगरपालिका–१३ विष्णुमति करिडोर क्षेत्रमा विभिन्न प्रजातिका बिरुवा रोपण गरी सो अभियानको सुरुआत गरेका हुन् । सो क्षेत्रमा कपुर २५, समी २५, क्यालेण्ड्रा २०, टिकोमा १५, करविर १५ र वगमवेलीका ३० बिरुवा रोपण गरिएको वन तथा वातावरण मन्त्रालयका सचिव डा पेमनारायण कँडेलले जानकारी दिए ।

कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँण, मुख्यसचिव शङ्करदास बैरागी, नेपाली सेनाका कामु प्रधानसेनापति प्रभुराम शर्मा विभिन्न मन्त्रालयका सचिवलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्