एमसीसी उपाध्यक्ष नेपाल आउँदै « Drishti News – Nepalese News Portal
Logo

एमसीसी उपाध्यक्ष नेपाल आउँदै


दृष्टि संवाददाता


काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फतिमा सुमार नेपालमा आउने भएकी छन् । एमसीसी परियोजनाको पछिल्लो अवस्था बुझ्न अर्को साता उनी नेपाल आउने भएकी हुन् ।

नेपाल भ्रमणमा रहँदा उनले एमसीसी परियोजना कार्यान्वयनको अवस्थाबारे विभिन्न पक्षहरुसँग छलफल गर्ने बताइएको छ । उनले प्रधानमन्त्री शेरबहादुर देउवालगायत विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसँग समेत भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्