Logo
Logo

सिन्धुपाल्चोकका जनप्रतिनिधि नेकपा समाजवादीमा खुल्दै



सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाकी उपप्रमुख भगवती नेपालले नेकपा एकीकृत समाजवादी रोज्दै आज सनाखत गरेकी छन् । जिल्ला निर्वाचन कार्यालय पुगेर उनले सनाखत गरेकी हुन् ।

चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष बेलवहादुर महतले पनि एमाले परित्याग गरेर नेकपा एकिृत समाजवादी पार्टीमा सनाखत गरेका छन् ।

यस अघि वागमती प्रदेश सांसद इन्द्रमाया गुरुङले मंगलबार हेटौडास्थित प्रदेश निर्वाचन कार्यालय पुगेर समाजवादी पार्टीमा सनाखत गरेकी थिइन् ।

नेता सोम सापकोटा पनि पहिल्यै समाजवादी पार्टीमा खुलिसकेका छन् । नेकपा एकीकृत समाजवादीमा राष्ट्रिय सभा सदस्य सिंहबहादुर विश्वकर्मा, एमाले राष्ट्रिय परिषद सदस्य नवराज पौडेल पनि खुलिसकेका छन् ।

तत्कालिन एमाले हुँदा माधव नेपालको गढ मानिएको सिन्धुपाल्चोक जिल्लामा पार्टी बिभाजनपछि नेताहरु नेकपा एकीकृत समाजवादीमा खुल्न सुरु गरेका हुन् ।

भदौ २२ सम्म पार्टी रोज्न पाइने निर्वाचन आयोगको प्रावधान अनुसार नेताहरू एमालेबाट छुट्टिएर गठन भएको नयाँ पार्टीमा खुल्न थालेका हुन् ।-न्युज कारखाना

प्रतिक्रिया दिनुहोस्