असन्तुष्टी जनाउँदै मीन विश्वकर्माले दिए राजीनामा « Drishti News – Nepalese News Portal
Logo

असन्तुष्टी जनाउँदै मीन विश्वकर्माले दिए राजीनामा


दृष्टि संवाददाता


काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले पदबाट राजीनामा दिएका छन् ।

दलित संघका अध्यक्ष समेत रहेका विश्वकर्माले महाधिवेशन प्रतिनिधि चयनमा दलितलाई उचित स्थान नदिएको भन्दै असन्तुष्टि जनाएर केन्द्रीय सदस्य र संघको अध्यक्षबाट राजीनामा दिएका हुन् ।

पार्टीको निर्वाचन निर्देशिकाले उपत्यकालगायत देशभरका दलित समूदायलाई पार्टी प्रवेश र प्रतिनिधित्वमा पूर्णत निषेध गर्ने देखिएको सभापति शेरबहादुर देउवालाई बुझाएको राजीनामा पत्रमा उल्लेख छ ।

राजीनामा पत्रमा भनिएको छ, नेपाली काँग्रेस पार्टीमा दलित समूदायको सहभागिता केही समय पश्चात नै शून्य हुने देख्दा देख्दै पनि यस पार्टीको म एक जिम्मेवार सदस्य र पार्टीको भ्रातृ संस्था दलित संघको अध्यक्ष हुनुको नाताले यस्तो त्रुटिपूर्ण, अव्यवहारिक एवम् अन्यायपूर्ण नीति नियम लागू हुँदा टुलुटुलु हेरेर बस्न नैतिक रुपले नमिल्ने र नसक्ने भएकाले दुबै पदबाट आजैदेखि लागू हुनेगरी राजीनामा गरेको छु ।’

प्रतिक्रिया दिनुहोस्