Logo
Logo

पहिरोले पुरिएर तीन जनाको मृत्यु



पोखरा । लगातार अविरल वर्षापछि गएको पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ । पोखरा–१० रामबजारस्थित नमुना टोलमा ब्लकको घर पहिरोले भत्किँदा घाइते भएकी ४२ वर्षीया लक्ष्मी नेपालीको मृत्यु भएको छ । उनको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु हो ।

जिल्ला प्रहरी कार्यलय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालका अनुसार मृतक लक्ष्मी नेपालीको १४ वर्षीया छोरी सृष्टि नेपाली घाइते भई मणिपालमा उपचारपछि बिहीबार बिहान अस्पतालबाट डिस्चार्ज भएकी छन् ।

त्यस्तै, भारी वर्षाका कारण पोखराको भलाममा ३५ वर्षीय सुनमाया तामाङ र उनका श्रीमान कृष्ण श्रेष्ठको मृत्यु भएको छ । श्रेष्ठको ब्लकले बनेको घर पहिरोले पुरिँदा घाइते भएका श्रेष्ठको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । उनकी पत्नी ३५ वर्षीया सुनमाया तामाङको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

घटनामा परी घाइते भएका श्रेष्ठका ९ वर्षिय छोरा राजकुमार श्रेष्ठको मणिपालमा उपचार भइरहेको छ । सो घटनामा परेर श्रेष्ठका अर्का ३ वर्षका छोरा सन्तोष श्रेष्ठ वेपत्ता छन् । वेपत्ता भएका बालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्