Logo
Logo

प्रचण्ड-नेपालबीच मन्त्रिपरिषद विस्तारबारे छलफल



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

फाइल तस्बिर

अध्यक्ष प्रचण्ड र नेपालबीच बिहीबार भएको भेटमा मन्त्रिपरिषद विस्तारबारे छलपल भएको बताइएको छ । माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा उनीहरुबीच करिब आधा घण्टा छलफल भएको थियो । यसअघि प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका थिए ।

नेकपा एमालेबाट अलग भएका माधव नेपालले दर्ता गराएको नेकपा एकीकृत समाजवादीले निर्वाचन आयोगबाट मान्यता पाएपछि मन्त्रिपरिषदलाई पूर्णता दिने भनिएपनि अझै टुंगो लागिसकेको छैन । निर्वाचन आयोगले विभाजित पार्टीका जनप्रतिनिधिहरुलाई दल रोज्ने विकल्प २२ भदौसम्म दिएको छ । त्यसैले २२ भदौपछि मात्रै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी सत्ता गठबन्धनका नेताहरुले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्