Logo
Logo

प्रदेश २ का १० एमाले सांसद एकीकृत समाजवादीमा



जनकपुरधाम । नेकपा एमाले प्रदेश २ का १० जना सांसदले नेकपा एकीकृत समाजवादी रोजेका छन् । उनीहरु बिहीबार प्रदेश निर्वाचन कार्यालय जनकपुरधाममा गएर एकीकृत समाजवादीमा सनाखत गराएका छन् ।

एमाले त्यागेर समाजवादी रोज्ने सांसदहरुमा शत्रुधन महतो, गोविन्दबहादुर न्यौपाने, प्रमोद यादव, अशोककुमार यादव, मञ्जुकुमारी यादव, बेची लुंगेली, रवीन्द्र बैठा, नागेन्द्र राय यादव, हसिमा खातुन र मनोज सेन श्रीवास्तव रहेका छन् । हाल उपचारको क्रममा नयाँदिल्लमिा रहेका सांसद उप्रेतीले दूतावासमार्फत् आफ्नो सनाखत गराएका छन् ।

सांसद लुंगेलीका अनुसार सांसद सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङ खराब मौसमका कारण बिहीबार आउन नसकेको र अर्काे दिन आएर सनाखत गर्ने भएका छन् । प्रदेशमा नेकपा एमालेका २१ जना सांसद छन् । त्यसमध्ये १३ जना शुरुदेखि नै माधव नेपाल पक्षमा देखिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्