Logo
Logo

राजश्वमा क्षेत्रीको साठगाठ



काठमाडौं । गत भदौ ५ गते भैरहवामा पक्राउ परेको राजश्वको नक्कली स्टीकरबारे राजश्व अनुसन्धान विभागले अनुसन्धानको नाममा क्रिष्टल डिष्ट्रिलरी भैरहवाका मालिक फुलसिंह क्षेत्रीलाई जोगाउन खोजेको खुसाला भएको छ ।

आन्तरिक राजश्व कार्यालय लेखिएको ८० रोल नक्कली स्टीकर गोप्य सूचनाको आधारमा सशस्त्र प्रहरी बल डण्डाले पक्राउ गरी राजश्व अनुसन्धान विभाग बुटवलमा बुझाएको थियो । भारतबाट नक्कली स्टीकर छापेर डण्डाको एउटा घरमा लुकाइ राखेको अवस्थामा सशस्त्र प्रहरीले दुई व्यक्तिसहित २ करोड ३५ लाख ६३ हजार बराबरको स्टीकर बरामद गरेको थियो ।

क्रिष्टल डिष्ट्रिलरीले यस अगाडि पनि पटकपटक नक्कली स्टीकर प्रयोग गरेर राजश्व छली गर्दै आएको छ । राजश्व सूत्रका अनुसार उक्त स्टीकर पनि क्रिष्टल डिष्ट्रिलरीकै भएको अनुसन्धानमा खुलेपनि सेटिङमा फुलसिंह क्षेत्रीलाई जोगाउने प्रयास भएको छ । क्षेत्री यस अगाडि पनि नक्कली स्टीकर प्रकरणमा पक्राउ परी १ करोड ३५ लाख धरौटीमा छुटेका थिए ।

अहिले बजारमा पठाइएको ७० युपीको स्टार सोफी ब्राण्डमा क्रिष्टल डिष्ट्रिलरीले ५० युपीको स्टीकर टाँसेर राजश्व छलेको छ । यसबाट पनि क्रिष्टल डिष्ट्रिलरी राजश्व छलीमा संलग्न रहेको प्रष्ट हुन्छ ।

प्रतिक्रिया दिनुहोस्