Logo
Logo

विश्व स्वास्थ्य संगठनले नेपाललाई दियो बधाई



काठमाडौं । समयमै कोरोनाविरुद्धको खोप लगाउन योग्य नागरिकमध्ये १५ प्रतिशतलाई पूर्ण खोप लगाउन सफल भएको भन्दै विश्व स्वास्थ्य संगठनले नेपाललाई बधाई दिएको छ ।

विश्व स्वास्थ्य संगठन दक्षिण–पूर्वी एशियाका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल सिंहले नेपालले १० मिलियन खोपको मात्रा व्यवस्थापन गर्नुका साथै छोटो समयमै १५ प्रतिशतलाई पूर्ण खोप लगाउन सफल भएको भन्दै बधाई दिएका हुन् ।

हालसम्म ५४ लाख २५ हजार ८ सय ८८ जनाले पहिलो मात्रा र ४६ लाख ७७ हजार ७ सय ९६ जनाले खोपको दुवै मात्रा लगाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्