Logo
Logo

दार्चुला प्रतिवेदनबारे भारतद्वारा टिप्पणी दिन अस्वीकार



काठमाडौं । बुधबार गृहमन्त्री बालकृष्ण खाँणलाई बुझाइएको दार्चुला घटनाबारेको प्रतिवेदनमा भारतले टिप्पणी गर्न अस्वीकार गरेको छ ।

दार्चुलाका जयसिंह धामीले तुइन तर्न खाेज्दा भारतीय एसएबसबीले तुइन काटिदिएको विषयमा छानविन गर्न बनेको समितिले प्रतिवेदन बुझाएपछि भारतले टिप्पणी दिन अस्वीकार गरेको हो ।

भारतीय विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता अरबिन्दम बाग्छीले घटनाका सम्बन्धमा मिडिया रिपोर्ट देखेको र आधिकारिक रुपमा आफूसँग कुनै पनि जानकारी नभएको प्रतिक्रिया दिए ।

उनले भारतीय सीमा सुरक्षा बलको संलग्नता छ भन्ने विषय आरोप मात्र भएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्