Logo
Logo

दार्चुला घटनामा सरकारले लाचारीपन देखायो : एमाले



काठमाडौं । नेकपा एमालेले महाकाली नदी पार गर्ने क्रममा भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मीले तुइन चुँडाइदिएर बेपत्ता भएका जयसिंह धामीलाई न्याय दिलाउने कुरामा सरकार असफल भएको आरोप लगाएको छ ।

एमाले प्रवक्रा प्रदीप ज्ञवालीले बिहीबार विज्ञप्ति जारी गर्दै नागरिक बेपत्ता पारिएको यति संवेदनशील घटनाका सम्बन्धमा भारतीय पक्षसँग जानकारी लिने, सोधपुछ गर्ने र आपत्ति जनाउने सामान्य औपचारिकता र कूटनीतिक पहलसमेत गर्न नसेको आरोप लगाएका हुन् ।

‘आफ्ना नागरिक बेपत्ता पारिएको यति संवेदनशील घटनाका सम्बन्धमा भारतीय पक्षसँग जानकारी लिने, सोधपुछ गर्ने र आपत्ति जनाउने सामान्य औपचारिकता र कूटनीतिक पहल गर्न नसक्ने सरकारले नेपाली जनताको ध्यान यस घटनाबाट अन्यत्रै मोड्न खोजेको आशंका पैदा भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

धामी नदीमा बेपत्ता भएको एक महिनाभन्दा बढी समय बित्दा पनि सरकार यो घटनालाई थापथुम पार्न लागेको आरोप एमालेको छ ।

प्रतिक्रिया दिनुहोस्