Logo
Logo

विवकेशील साझा पार्टीमा समानान्तर गतिविधि रोक्न चेतावनी



काठमाडाैं । विवकेशील साझा पार्टीमा समानान्तर गतिविधि रोक्न चेतावनी दिएकाे छ ।

बिहीबार बसेको केन्द्रीय समिति बैठकले पार्टीमा समानान्तर गतिविधि रोक्न आग्रह गर्ने यदी नरोके कारबाही गर्ने अध्यक्ष रवीन्द्र मिश्र पक्षको केन्द्रीय कमिटी बैठकले निर्णय गरेको हाे ।

बैठकले संयोजक मिलन पाण्डे पक्षका नेताहरुलाई सचेत गराउँदै समानान्तर गतिविधि गरेर पार्टी हित विपरीतका गतिविधि तत्काल रोक्न निर्देशन दिने निर्णय गरेको पार्टीका प्रवक्ता शरदराज पाठकले जानकारी दिए ।

बैठकले पार्टीको केन्द्रीय समितिको अर्को बैठकमा असन्तुष्ट सदस्यहरूलाई पनि सामेल गराउन यथाशक्य प्रयास गर्दै एक साताभित्र अध्यक्षले अर्को बैठक आह्वान गर्ने निर्णय गरेको छ।

बैठकले केन्द्रीय समिति बैठक सञ्चालन कार्यविधिको मस्यौदा केन्द्रीय समितिको आगामी बैठकमा अध्यक्ष रवीन्द्र मिश्रले पेस गर्ने निर्णय पनि गरेको छ।

प्रतिक्रिया दिनुहोस्