Logo
Logo

सैनिक गंगाधार ढकाललाई २५ वर्षको जेल सजाय



काठमाडौं । आफ्नै साथीको हत्या गर्ने नेपाली सेनाका सैनिक गंगाधार ढकाललाई २५ वर्षको जेल सजाय सुनाइएको छ ।

सैनिक समरी जनरल अदालतले ढकाललाई उक्त सजाय सुनाउने फैसला गरेको हो।

गत साउन ७ मा चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ७ सिमलडाँडामा गुरुङको शव फेला परेको थियो ।सो प्रकरणमा पक्राउ परेका ढकालले नेपाली सेनाकै एसएमजी हतियारबाट गुरुङको हत्या गरेको खुलेको थियो ।

ढकालले प्रयोग गरेको सेनाको हतियार चोरीको आरोपमा यसअघि नै दुईजना सैनिक जवान लभकुमार गुरुङ र सरोज तामाङ जेल सजाय काटिरहेका छन् ।

सैनिक जनसम्पर्क निर्देशनालयबाट जारी विज्ञप्तिमा भनिएको छ,‘गत साउन ७ गते चितवनको भरतपुर महानगरपालिका–१७ शारदानगरस्थित सिमल डाँडामा नेपाली सेनाका हुद्दा भरत गुरुङको हत्या गर्ने ढकाललाई जिल्ला अदालत चितवनको आदेशअनुसार तथा सेनाबाट गरिएको कोर्ट अफ इन्क्वाइरीको प्रतिवेदनको आधारमा हत्या सम्बन्धी कसुरमा दोषी ठहर गरिएको छ।’

उनीहरुले चोरेको भनिएको हतियार ढकालबाट बरामद भएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्