Logo
Logo

संवैधानिक इजलास नगर्न सर्वोच्चको आदेशदेखि नेपाल र भारतबीचको खेल बराबरीसम्म



हेडलाइन्स्

१. पछिल्लो २४ घण्टामा १ हजार ६१९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६ सय ५८ पीसीआर परीक्षणमा बिहीबार थप १ हजार ६ सय १९ जनामा संक्रमण पुष्टि, पछिल्लो २४ घण्टामा थप १ हजार ८४६ जना संक्रमणमुक्त , हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ७ लाख २१ हजार १ सय ८२ पुग्यो,कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ७ सय ८६ पुग्यो ।

Image

२. संवैधानिक परिषदसम्बन्धी अध्यादेशका आधारमा गरिएका नियुक्तिविरुद्ध परेको रिटको सुनुवाई प्रधानन्यायाधीश विनाको संवैधानिक इजलासमा नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश, सर्वोच्च अदालतले बिहीबार जारी गरेको एक अन्तरिम आदेशले संवैधानिक आयोगहरूमा गरिएका नियुक्ति सम्बन्धी रिट निवेदनहरूको सुनुवाइ अनिश्चित समयका लागि स्थगित हुने ।

३. दार्चुला घटनाबारे अध्ययन समितिले बुझाएको प्रतिवेदनलाई आधार मान्दै भारतसँग कुटनीतिक छलफल गर्न भन्दै गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्र, दोषीलाई कारबाहीको दायरामा ल्याउन र बेपत्ता रहेका धामीका परिवारलाई उचित क्षतिपूर्ति भराउने गरी भारतसँग पहल गर्न सुझाव, नेपालले गरेको छानविनको प्रतिवेदनबारे भारतले दिएन कुनै टिप्पणी ।

४. दार्चुलाको तुइन घटनालाई सरकारले थामथुम पार्न खोजेको भन्दै प्रमुख प्रतिपक्षी दल एमालेले जनायो आपत्ति, बिहीबार विज्ञप्ति जारी गर्दै छानबिन गर्न गठित समितिको म्याद पटक–पटक थपेर निकै ढिलो गरी प्रतिवेदन बुझाइए पनि प्रतिवेदन अस्पष्ट रहेको र सरकार घटनालाई थामथुम गर्ने प्रयासमा लागेको आरोप, नागरिकको जीवनसँग जोडिएको यस्तो गम्भीर विषयमा सरकारले प्रदर्शन गरेको संवेदनहीनता र लाचारीप्रति खेद व्यक्त ।

५. नेपाली काँग्रेसका युवा नेता गगन थापा रामचन्द्र पौडेल समूहबाट महामन्त्रीको उम्मेदवार बन्ने, काँग्रेसको १४औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवार घोषणा गरेका थापा पौडेल समूहको कार्यक्रममा सहभागी, सभापतिको उम्मेदवार धेरै भएकाले पौडेल समूह साझा उम्मेदवार घोषणा गर्ने तयारीमा, रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइराला सभापतिको आकांक्षी ।

Gagan-Thapa

६. प्रदेश १ का विपक्षी गठबन्धनले मुख्यमन्त्री भीम आचार्यको नियुक्ति बदर गर्न माग, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टीको गठबन्धनको बिहीबार सम्पन्न बैठकले मुख्यमन्त्रीको नियुक्ति बदर गर्न र अल्पमतमा परेको सरकारले महत्वपुर्ण निर्णय नगर्न तथा मन्त्रिपरिषद विस्तार नगर्न चेतावनी, नेकपा (एकीकृत समाजवादी) दललाई निर्वाचन आयोगले आधिकारिकता दिएसँगै आफूहरूको बहुमत पुगेको भन्दै हतार हतार मुख्यमन्त्री नियुक्त गरिएको गठबन्धनको आरोप ।

७. आफ्नै साथीको हत्या गर्ने नेपाली सेनाका सैनिक गंगाधार ढकाललाई २५ वर्षको जेल सजाय सुनाइयो, सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार भरत गुरुङको हत्या गर्ने ढकाललाई जिल्ला अदालत चितवनको आदेशअनुसार तथा सेनाबाट गरिएको कोर्ट अफ इन्क्वाइरीको प्रतिवेदनको आधारमा हत्या सम्बन्धी कसुरमा दोषी ठहर, चोरेको भनिएको हतियार ढकालबाट बरामद भएको सेनाको ठहर ।

८. शेयर धितो कर्जाको सिमा खारेज गर्न अर्थमन्त्रीलाई इन्भेष्टर्स फोरमको आग्रह, साढे ९ अर्बको कारोबार हुँदा ५० अंक घट्यो नेप्से, साधारण सभाले पारित नगरेपछि समाज र स्वस्तिक लघुवित्तको मर्जर भाँडियो, डिप्रोक्स लघुवित्तको २० प्रतिशत बोनस सेयर सहित २१% लाभांश प्रस्ताव, गत वर्षको भन्दा बढ्यो, शंकास्पद एप फोनबाट हटाउन एनटीसीको आग्रह, विदेशबाट आउन थाल्यो अपरिचित नम्बरबाट मिस्ड कल ।

९. साफ च्याम्पियनसिपको तयारी स्वरुप नेपाल र भारतले बिहीबार दशरथ रंगशालामा खेलेको मैत्रीपूर्ण खेल १–१ गोलको बराबरीमा सकियो, किरणद्वारा सर्वाधिक अन्तर्राष्ट्रिय खेलमा विराजको कीर्तिमान बराबरी, ओमानमा तय भएको नेपाल र पपुवा न्युगिनी (पीएनजी) बीचको दुई एकदिवसीय सिरिजको खेल मिति परिवर्तन, पहिलो खेल भदौ २२ र दोस्रो खेल २५ गते हुने, (आईसीसी) को टी–ट्वान्टी वरीयतामा नेपाल एक स्थान खस्कियो ।

१०.र, अमेरिकामा भीषण वर्षा र बाढी, ९ जनाको मृत्यु, न्यूर्योक र न्यूजर्सीमा आपतकाल लागू, अफगानिस्तानमा छिट्टै खाद्यान्न संकट हुने संयुक्त राष्ट्रसंघको चेतावनी, जापानले अफगानिस्तानबाट दूतावास कतार सार्ने ।

Hurricane Ida 2021: At least 14 dead across New York, New Jersey as storm's  remnants bring flash floods, tornados to Northeast - ABC7 Chicago

प्रतिक्रिया दिनुहोस्