Logo
Logo

पश्चिम नवलपरासीको दाउन्नेमा पहिरो, यातायात सेवा ठप्प



कावासोती । पूर्वपश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको छ ।

शुक्रबार बिहान करिब २ बजेतिर दाउन्नेको खुर्सानी खोला नजिक पहिरो गएकाले यातायात सेवा ठप्प भएको हो ।

जिल्ला प्रहरी कार्यालयले जनाए अनुसार पहिरो पन्छाउने क्रम जारी छ । तर वर्षा भइरहेको र पहिरो झर्ने क्रम जारी रहेकाले पहिरो हटाउन सकिएको छैन । नवलपरासी क्षेत्रमा बिहीबार रातिदेखि नै पानी परिरहेको छ ।

पूर्वबाट आइरहेका गाडीहरुलाई दुम्कीवासमा र पश्चिमतर्फबाट आइरहेका गाडीहरुलाई बर्दघाटमा रोकिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्