पर्वतमा पहिरोले ५ जनाको मृत्यु, ३ जना बेपत्ता « Drishti News – Nepalese News Portal
Logo

पर्वतमा पहिरोले ५ जनाको मृत्यु, ३ जना बेपत्ता


दृष्टि संवाददाता


काठमाडौं । पर्वतका बिभिन्न स्थानमा पहिरो जाँदा पाँच जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् ।

कुस्मा नगरपालिका ३ दुर्लुङमा लगातारको वर्षापछि पहिरो जाँदा ५ जना पुरिएकोमा २ जना मृत अवस्थामा फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीका अनुसार पहिरोमा पुरिएका एकै घरका ५ जनामध्ये १५ वर्षीया विमला पौडेल र ११ वर्षीया विनिता पौडेलको शव निकालिएको छ । घरका ३ जना वेपत्ता रहेकाले खोजी भैरहेको छ ।

यस्तै कुश्मा नगरपालिका ११ पकुवामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीय दुर्गा पौडेल र उनका ६ वर्षका छोरा गणेश पौडेल रहेको प्रहरीले जनाएको छ ।

यस्तै मोदी गाउँपालिका ५ अम्बोटमा पहिरोमा पुरिएर ५० वर्षीय ठुलीमाया थापाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्