Logo
Logo

सेनामा खुल्यो चार हजार जनालाई जागिर



काठमाडौं । नेपाली सेनामा चार हाजार जनाको लागि जागिर खुलेको छ । नेपाली सेनाले शुक्रबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै चार हजार जना सैन्यका लागि दरखास्त आह्वान गरेको हो ।

जसअन्तर्गत खुलातर्फ २०९६, कर्तव्य पालनाको शिलशिलामा अशक्त÷मृत्यु भएका नेपाली सेनाका सन्तति १०८, महिला ३६०, आदिवासीरजनजाति ५७३, मधेसी ५०५, दलित २७३ र पिछडिएको क्षेत्रबाट ८५ जना पदपूर्ति गरिने उल्लेख छ ।

नेपाली सेनाका देशैभरि रहेका विभिन्न कार्यालयबाट भर्ना प्रक्रिया सुरू गरिनेछ । सेनाले १८ वर्ष पूरा भई २२ वर्ष ननाघेका नेपाली नागरिकले असोज २४ गतेसम्म आवेदन दिन सक्ने जनाएको छ। आठ कक्षा उत्तीर्णले आवेदन दिन पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्