Logo
Logo

स्मार्ट डोकोले ल्यायो ‘फादर्श डे अफर’



काठमाडौं । बुवाको मुख हेर्ने दिनमा नेपालको नम्बर वान अनलाइन मेगास्टोर स्मार्ट डोकोले ‘फादर्श डे अफर’ ल्याएको छ ।

हालै आइएमएस ग्रुपले प्राप्ति गरेको यस इकमर्स कम्पनी इकमर्स एपमा नम्बर वान बन्न समेत सफल भइसकेको छ ।

ग्राहकले हिमालयन बैंकको डेबिट, क्रेडिट र प्रिपेड कार्डबाट अनलाईन भुक्तानी गर्दा १५ प्रतिशत क्यासब्याक (रु ५०० सम्म), साथैे माछापुछ्रे बैंकको डेबिट र क्रेडिट कार्डबाट अनलाईन भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक (रु ५०० सम्म) र नेपाल इन्भेष्टमेन्ट बैंकका डेबिट र क्रेडिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत क्यासब्याक (रु ५०० सम्म) को छुट पाउनेछन् ।

स्मार्टडोकोले दैनिक रुपमा आर्कषक अफर पनि ग्राहकमाझ ल्याएको छ । स्मार्टडोको अनलाइनबाट सामान खरिद गर्दा ग्राहकले हरेक दिन निम्न उपहार पाउन सक्नेछन् ।

· Tuddrom R4 High-Res Audio Wired Metal Earphone

· Tuddrom H2 Coaxial Dual Driver High-Res Audio Wired Earphone

· Baltra True Hair Trimmer

· Haylou LS02 Smart Watch

· Insulated Stainless Steel Coffee/Tea Mug

स्मार्टडोकाले बुबाको मुख हेर्ने दिनको अवसरमा बेस्ट डिल र डिस्काउन्टको अफर पनि ल्याएको छ । जस अन्तर्गत ग्राहकले गिफ्ट सेट, केक र स्वीट, घडीहरु, विभिन्न प्रकारका खाना, पर्फ्युम हेल्थ एण्ड फिटनेस प्रडक्टमा ६० प्रतिशतसम्मको छुट पाउन सक्नेछन् । ग्राहकले आफ्नो मनपर्ने सामानहरु एन्ड्रोइड (Andriod) र आइओएस (iOS) दुबैमा स्मार्टडोको एप डाउनलोड गरी वा अनलाइनमार्फत् पनि अर्डर गर्न सक्नेछन् ।

स्मार्टडोकोसँग हाल १० हजारभन्दा बढी प्रडक्टहरु विभिन्न क्याटेगोरीमा उपलब्ध छन्, जस्मा ग्राहकले सजिलैसँग बेबी केयर, इलेक्ट्रोनिक्स, फू्रड एण्ड ग्रोसरिज, कोभिडका अत्यावश्यक सामग्री, हेल्थ एण्ड ब्यूटी, होम एण्ड लिभिङ तथा विभिन्न प्रकारका प्रडक्ट खरिद गर्न सक्नेछन् ।

स्मार्टडोकोको ग्राहकले काठमाडौं उपत्यकाको रिङरोडभित्र न्यूनतम २५० रुपैयाँको सामान खरिद गर्दा निःशुल्क डेलिभरी समेत उपलब्ध गराएको छ । साथै रिङरोडबाहिरको हकमा न्यूनतम डेलिभरी शुल्कमा सेवा उपलब्ध गराएको छ । यस अफर १८ भदौ २०७८ देखि २२ भदौ २०७८ सम्म लागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्