Logo
Logo

वडा अधिवेशन शुभारम्भ गर्न भक्तपुरमा देउवा



काठमाडौं । नेपाली कांग्रेसको १४औंँ महाधिवेशन अन्र्तगत आजदेखि वडा अधिवेशन सुरु हुँदैछ । वडा अधिवेशन शुभारम्भ गर्न प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा भक्तपुर पुगेका छन् । आजदेखि कांग्रेसले वडा अधिवेशन गर्दैछ ।

भक्तपुरमा वडा अधिवेशन आजदेखि सुरू हुने र निर्वाचन भने भदौ २१ गतेका लागि तय गरिएको छ । प्रधानमन्त्री देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार वडा अधिवेशन शुभारम्भका लागि देउवा भक्तपुर पुगेका छन् ।

सभापति देउवाले सूर्यविनायक नगरपालिका क्षेत्रका वडामा हुने वडा अधिवेशन शुभारम्भ गर्दैछन् । वडा सभापति, कार्यसमिति र क्षेत्रीय प्रतिनिधि वडा अधिवेशनबाट चयन हुनेछन् ।

कांग्रेसले आज देशभरका ६ हजार ७ सय ४३ वडामै अधिवेशन गर्ने भने पनि ५६ जिल्लाका विभिन्न वडामा मात्रै अधिवेशन हुने भएको छ । भदौ २७ मा गाउँ÷नगर अधिवेशन रहेकोले त्यसअगाडि नै वडा अधिवेशन सक्नुपर्ने बाध्यता कांग्रेसलाई छ ।

प्रतिक्रिया दिनुहोस्