Logo
Logo

मकवानपुरका ५० जना जन प्रतिनिधीले रोजे एकीकृत समाजवादी


शिव चौलागाईं


मकवानपुर । मकवानपुरका विभिन्न स्थानीय तहका २५ जना जनप्रतिनिधी अहिलेसम्म नेकपा एकीकृत समाजवादीमा खुलेका छन् । यो संख्या बढेर ५० जना पुग्ने एकीकृत समाजवादी मकवानपुरका नव निर्वाचित अध्यक्ष श्रीधर पोख्रेलले दाबी गरेका छन् ।

एमालेबाट निर्वाचित भएका जन प्रतिनिधी प्रदेश निर्वाचन कार्यालय हेटौंडामा पुगेर माधव नेपाल नेतृत्वको समाजवादीमा सनाखत गर्ने क्रममा रहेको उनले बताए ।

आज शुक्रबार पनि एकीकृत समाजवादीमा आबद्घ हुनका लागि जनप्रतिनिधी जाने पार्टीकी केन्द्रिय सदस्य एवम् बागमती प्रदेशसभाका सदस्य मुनु सिग्देलले जानकारी दिइन् ।

अहिलेसम्म एकीकृत समाजवादीमा सनाखत गर्नेमा हेटौंडा उपमहानगरपालिकाका उप मेयर मीना कुमारी लामा, हेटौंडा १३ का वडा अध्यक्ष मनोजकुमार वाइवा, जिल्ला समन्वय समिती मकवानपुरका सदस्य सीता अधिकारी, हेटौंडा उपमहानगरपालिकाका कार्यपालिका सदस्य कृष्णबहादुर राई, हेटौंडा १ का वडा सदस्य बेगम बराल, हेटौंडा उपमहानगरपालिकाका वडा नम्बर ३ का सदस्य कुमारसिं लामा, हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ का सदस्य सन्तुमाया पाख्रीन, हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ का सदस्य शुकराम केशी रहेका छन् ।

यस्तै, थाहा नगरपालिका वडा नम्बर ११ का अध्यक्ष किरणमान बल, थाहा ५ का वडा अध्यक्ष विष्णुबहादुर गुरुङ,थाहा नगरपालिका वडा नम्बर ५ का सदस्य उर्मिला सुनुवार, थाहा नगरपालिका वडा नम्बर ११ का सदस्य मैया विश्वकर्माले एकीकृत समाजवादीमा सनाखत गरेका हुन् ।

कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तान, कैलाश गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष सुर्जबहादुर थिङ, कैलाश गाउँपालिका वडा नम्बर ८ का सदस्य अनिता बलले एकीकृत समाजवादी रोजेका छन् ।

यस्तै, मनहरी गाउँपालिकाका उपाध्यक्ष मनिला विष्ट, मनहरी गाउँ पालिका वडा नम्बर ३ का कार्यबाहक अध्यक्ष विष्णुबहादुर थिङ, मनहरी ३ का वडा सदस्य उमा कुमारी नेपाली, मनहरी गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष साधुराम अधिकारी, मनहरी गाउँपालिका वडा नम्बर ५ का इन्द्रकुमार सार्की, मनहरी गाउँपालिका वडा नम्बर ८ का सदस्य अम्बिका दमाईले निर्वाचन कार्यालय पुगेर एकीकृत समाजवादीमा सनाखत गरेका हुन् ।

आज एकीकृत समाजवादीमा सनाखत गर्नेमा भीमफेदी गाउँपालिका वडा नम्बर ९ का सदस्य कर्णबहादुर पाख्रीन र बकैया गाउँपालिकाका ४ जना सदस्य रहेको एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पोख्रेलले जानकारी दिए । अध्यक्ष पाख्रेल आजमात्रै एमालेबाट रुपान्तरित एकीकृत समाजवादी मकवानपुरको अध्यक्ष चयन भएका हुन् ।

मकवानपुरका अन्य स्थानीय तहका एकीकृत समाजवादीमा आबद्घ हुन चाहाने जन प्रतिनिधीले भोलि पनि निर्वाचन कार्यालय पुगेर सनाखत गर्ने पार्टीका केन्द्रिय सदस्य एवम् बागमती प्रदेश सभा सांसद मुनु सिग्देलले जानकारी दिइन् । एमाले मकवानपुरको मुनु सिग्देल नेतृत्वको पार्टी एकीकृत समाजवादीमा विहीबार मात्रै रुपान्तरित भएको हो ।

हेटौंडाको एक प्यार्टी प्यालेशमा आयोजित भेलामा पार्टी केन्द्रीय सदस्य समेत रहेकी सिग्देलले आफू नेतृत्वको एमाले जिल्ला कमिटीलाई एकीकृत समाजवादी पार्टीमा रुपान्तरण भएको घोषणा गरेकी हुन् ।

भेलाले तत्कालीन नेकपा एमाले सचिवालय सदस्य रहेका श्रीधर पोखरेल जिल्ला अध्यक्ष भएका हुन् भने तत्कालीन एमाले जिल्ला कमिटी सचिव मीना लामा उपाध्यक्ष,सचिवमा बिष्णुप्रसाद दाहाल चयन भएका छन् । यस्तै, कार्यालय सचिवमा तिलक अधिकारीलाई निरन्तरता दिइएको नेकपा एकीकृत (समाजवादी) की केन्द्रीय सदस्य सिग्देलले भेलामा घोषणा गरिन् । केन्द्रिय सदस्य सिग्देलका अनुसार जिल्ला कमिटी सदस्यको संख्या २५५ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्