Logo
Logo

अमेरिकी दूतावास अगाडि एमसीसीविरुद्ध प्रदर्शन



काठमाडौं । काठमाडौंस्थित अमेरिकी दूतावास अगाडि एमसीसीविरुद्ध एक युवा समूहले प्रदर्शन गरेका छन् । अमेरिकी सहयोग परियोजना एमसीसी खारेजी माग गर्दै शुक्रबार अमेरिकी दूतावास अगाडि युवाहरुले प्रदर्शन गरेका हुन् । उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

‘एमसीसी खारेज राष्ट्रिय अभियान’का संयोजक निर्ग जैसीलगायत १० जनालाई प्रहरीले नियन्त्रणमा लिएर महाराजगञ्जमा राखेको छ । संयोजक जैसीका अनुसार पक्राउ पर्नेमा जैसीसहित, जनक ढुंगाना, सम्राट थापा, कुलदीप शर्मा, सुरज तामाङ, टेकम बिसी, मोहमद नसिर, दुर्गा जोशी, केदार थामी र सुशील नेपाली रहेका छन् ।

एमसीसीका उपाध्यक्ष फातिमा जेड. सुमार नेपाल आउनै लाग्दा युवाहरुले प्रदर्शन गरेका हुन् । सुमार अर्को हप्ता नेपाल आउँदैछिन् ।
जैसी माओवादी केन्द्र सम्बद्ध अखिल क्रान्तिकारीका केन्द्रीय सदस्यसमेत हुन् । उनले आफ्नो नेतृत्वमा एक हजार एक जनाको ‘एमसीसी खारेज राष्ट्रिय अभियान’ गठन गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्