Logo
Logo

एकीकृत समाजवादी पक्षीय विद्यार्थी संगठनले जलायो मोदीको पुतला



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संघले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला दहन गरेको छ । शुक्रबार दार्चुला घटनाको विरोधमा शुक्रबार मोदीको पुतला दहन गरेको हो ।

उक्त कार्यक्रममा उनीहरुले भारतविरुद्ध चर्को नाराबाजी समेत गरेका थिए । उनीहरुले जयसिंह धामीलाई न्याय दे, सीमा अतिक्रमण बन्द गर्, भारतीय विस्तारवाद मुर्दावाद जस्ता नारा लगाएका थिए ।

१५ साउनमा दार्चुलाका धामी महाकालीमा तुइन तर्ने क्रममा भारतीय एसएसबीले तुइन खुस्काउँदा नदीमा खसेर वेपत्ता भएका थिए ।

घटनाबारे छानविन गर्न बनाएको समितिले हालै बुझाएको प्रतिवेदनमा पनि एसएसबीको उपस्थितिमा घटना भएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्