Logo
Logo

जिसस कैलालीका उपप्रमुखसहित तीन जना एकीकृत समाजवादीमा



धनगढी । जिल्ला समन्वय समिति कैलालीका उपप्रमुखसहित तीन जनाले एकीकृत समाजवादीमा सनाखत गरेका छन् ।

समन्वय समितिका उपप्रमुख सुन्दरी देवी चौधरी, सदस्य मालतीदेबी विक र देवी भण्डारीले एकीकृत समाजवादीमा सनाखत गरेका हुन् । समन्वय समितिमा एमालेका ६ जनामध्ये पाँच जना एकीकृत समाजवादीमा आउने दाबी गरिएको छ ।

समन्वय समिति सदस्य टेकबहादुर बुढा र ललित साउँदले पनि आइतबार सानाखत गर्ने नेकपा समाजवादीका नेता विमल जोशीले बताए । उनका अनुसार बुढा र साउँद यसअघि नेपाल समूहका खुलेका थिए । जिसस प्रमख सूर्यबहादुर थापा भने एमालेमै छन् ।

९ जनाको जिल्ला समन्वय समितिमा तीन जना जनता समाजवादी पार्टी (जसपा)का सदस्य छन् । जसपा विभाजित भएपछि उनीहरू कतै पनि खुलेका छैनन् । जसपा विभाजित बनेपछि महन्त ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दर्ता गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्