Logo
Logo

बागमतीकी एमाले सांसद ज्ञवालीले रोजिन् एकीकृत समाजवादी



काठमाडौं । नेकपा एमालेकी बागमती प्रदेशसभा सदस्य मिना नेपाल ज्ञवालीले नेकपा एकीकृत समाजवादी पार्टी रोजेकी छन् । शुक्रबार प्रदेश निर्वाचन कार्यालय, हेटौँडा पुगेर सांसद ज्ञवालीले एकीकृत समाजवादी पार्टीको पक्षमा सनाखत गरेकी हुन् ।

योसँगै एमाले छोडेर नेकपा एकीकृत समाजवादी पार्टी रोज्ने सांसदको संख्या १३ पुगेको छ । यसअघि नै एमालेका १२ सांसदले एकीकृत समाजवादीका पक्षमा सनाखत गरिसकेका छन् ।

एमाले विभाजनपछि उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको छ । डोरमणि पौडेलले राजीनामा दिएसँगै शाक्य भदौ २ गते मुख्यमन्त्री बनेकी थिइन्।

९२ सदस्यीय बागमती प्रदेशसभामा एमालेका ५१ सांसद थिए । तीमध्ये १३ जना एकीकृत समाजवादीमा आबद्ध भएका छन् ।

प्रतिक्रिया दिनुहोस्