Logo
Logo

झलनाथ खनाललाई भेट्न रामचन्द्र पौडेल डल्लुमा



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनाललाई भेट्न पुगेका छन् ।

शुक्रबार नेता पौडेल पूर्वप्रधानमन्त्री समेत रहेका खनाललाई भेट्न उनकै निवास डल्लु पुगेका हुन् । खनाल भारतमा मिर्गौला प्रत्यारोपण गरेपछि हालै स्वदेश फर्किएका हुन् । पौडेलले खनालको स्वास्थ्य अवस्थाबारे जानकारी पनि लिएका छन् ।

यसअघि प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले खनाललाई भेटेका थिए ।

प्रतिक्रिया दिनुहोस्