Logo
Logo

एसएमजी चाेरी अभियाेग लागेका दुई सैनिक रिहा



तस्वीर : सामाजिक सञ्जाल

काठमाडाैं । सर्ट मेसिन गन (एसएमजी) चोरी अभियोगमा कैद सजाय भोगिरहेका दुई सैनिक थुनामुक्त भएका छन् । सैनिक विशेष अदालतले अमल्दार लवकुमार गुरुङ र सिपाही सरोज तामाङलाई थुनामुक्त गर्न आदेश दिएको हो। 

सैनिक विशेष अदालतले अमल्दार लव कुमार गुरुङ्ग र सिपाही सरोज तामाङलाई थुनामुक्त गर्न आदेश दिएपछि उनीहरु रिहा भएका हुन् ।२०७५ पुसमा सैनिक ब्यारेकबाटै  (सर्ट मेसिन गन) चोरी गरेको आरोपमा उनीहरु पक्राउ परेका थिए ।

सैनिक विशेष अदालतले उनीहरुलाई तीन वर्षसम्म पदोन्नतिमा रोक्का गर्नुको साथै साविककै दर्जामा पुनवर्हाली गर्ने फैसला गरेको छ । उनीहरु आजदेखि सेवामा फर्किएका छन् ।

नेपाली सेनाका हुद्दा भरत गुरुङको हत्यामा उनीहरुले चोरेको भनिएको हतियारको प्रयोग भएको खुलेपछि उनीहरु निर्दोष रहेको बाहिरिएको थियो। 

हत्या अभियोगमा  सैनिक जवान गंगाधर ढकाललाई बिहीबार जन्मकैदको फैसला भएको छ। चितवनको भरतपुर महानगरपालिका १७ शारदानगरस्थित सिमलडाँडामा गुरुङको हत्या भएको थियो। 

प्रतिक्रिया दिनुहोस्