Logo
Logo

१९ वर्षीया स्वस्तिका बनिन् कांग्रेस सभापति



दैलेख । सत्तारुढ नेपाली कांग्रेसले यहाँकी एक १९ वर्षीया किशोरीलाई वडा समिति सभापतिमा निर्वाचित गरेको छ । शुक्रबार भएको वडा अधिवेशनमा दैलेखको दुल्लु नगरपालिका वडा नम्बर ३ मा वर्षीया स्वस्तिका महत सभापतिमा निर्वाचित भएकी छ् । उनी भर्खरै १९ वर्षकीी भइन् ।

स्वस्तिका दैलेखका कांग्रेस नेता स्वर्गीय नेता भुपेन्द्र महतकी छोरी हुन् । कांग्रेसले उनलाई सर्वसम्मतले वडा सभापति बनाएको हो । उनलाई सभापति बनाउन अन्य दाबेदारले समेत साथ दिएका थिए ।

दुल्लु नगरपालिका प्रमुख एवम् कांग्रेस नेता भुपेन्द्र भण्डारीले युवाहरुलाई नेतृत्वमा ल्याउने पार्टीको नीतिअनुसार स्वस्तिकालाई वडा सभापति बनाइएको बताए ।

प्रतिक्रिया दिनुहोस्