जुम्लाका ६१ एमाले जिल्ला सदस्यमध्ये ५८ जना एकीकृत समाजवादीमा « Drishti News – Nepalese News Portal
Logo

जुम्लाका ६१ एमाले जिल्ला सदस्यमध्ये ५८ जना एकीकृत समाजवादीमा


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमाले जुम्लाका ६१ जना जिल्ला सदस्यमध्ये अध्यक्षसहित ५८ जना नेकपा एकीकृत समाजवादीमा प्रवेश गरको छन् । शनिबार पत्रकार सम्मेलन गरी उनीहरूले माधवकुमार नेतृत्वको दल एकीकृत समाजवादीमा लागेको घोषणा गरेका हुन् ।

एमालेका जुम्ला अध्यक्ष तीर्थ बुढा, उपाध्यक्ष नन्दराम रोकाया, सचिव आदीप्रसाद न्यौपाने, उपसचिव राजबहादुर खत्रीसहित जिल्ला सदस्यहरूले एकीकृत समाजवादी रोजेका हुन् ।

पत्रकार सम्मेलनमा कर्णाली प्रदेशसभा सांसद पदमबहादुर रोकायाले एमाले अध्यक्ष केपी शर्मा ओलीको दम्भ र माधव नेपाललाई गरिएको तिरस्कारले आफूहरु एकीकृत समाजवादीमा लाग्न बाध्य भएको जानकारी दिए ।

एमाले जुम्लाका उपाध्यक्ष नन्दराम रोकायाको अध्यक्षतामा गरिएको पत्रकार सम्मेलनमा सहभागीले आफूहरु एमाले छाडेर एकीकृत समाजवादीमा लागेको घोषणा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्