Logo
Logo

देउवा र प्रचण्डलाई ओलीको प्रश्न- के गर्ने एमसीसी ?



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चीनसँग कुनै पनि सीमा विवाद नभएको बताएका छन् । शनिबार नेकपा एमालेको काठमाडौँ महानगरपालिकास्तरीय कार्यक्रममा सम्बोधन गर्दै उनले चीनसँग कुनै पनि सीमा विवाद नभएको बताएका हुन् ।

उनले भने– ‘चीनसँग कुनै सीमा विवाद छँदै छैन, कसलाई खुसी पार्न चीनसँग सीमा विवाद समाधान गर्न समिति बनाउनुपर्यो मेरो चुनौती छ यो समितिले कुनै ठाउँमा सीमा विवाद देखाओस्, सीमा विवाद छैन ।’

सरकारले भारत र चीनसँग सम्बन्ध तनावग्रस्त बनाउँदै लगेको पनि ओलीले बताए । उनले भने, ‘भारतसँगको सम्बन्ध तनावग्रस्त बनाउँदै लगेको छ । चीनसँगको सम्बन्ध तनावग्रस्त बनाउँदै लगेको छ ।’

उनले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेस (एमसीसी) सम्झौताबारे प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’को धारणा माग गरेका छन् ।

‘एमसीसीबारे कोही बोल्दैनन्, के गर्ने हो भन्दैनन्, जनताका अगाडि यीनीहरूले सम्झैता गरेकाे एमसीसी अहिले के भन्छन् त भन्नु पर्दैन ? शेरबहादुर देउवाले भन्नु पर्दैन एमसीसी के गर्ने ? अनि प्रचण्डजीले बोल्नुपर्दैन के गर्ने ? हिजो हस्तक्षार गर्नुभएको थियो त ? के गर्ने एसीसी ? उहाँहरु चुपचाप हुनुहुन्छ,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्