Logo
Logo

चीनसँग सीमा विवाद नभएको केपी ओलीको दावी



काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले चीनसँग कुनै सीमा विवाद नभएको दावी गरेका छन् ।

काठमाडौंमा शनिबार आयोजित कार्यकर्ता भेलामा अध्यक्ष ओलीले चीनसँग नभएको सीमा विवादको विषयलाई उचालेर समिति बनाएर कसलाई खुसी पार्न खोजेको भन्दै सत्तारुढ दललाई प्रश्न गरे ।

उनले भने,‘चीनसँग कुनै सीमा विवाद छँदै छैन । कसलाई खुसी पार्नका लागि चीनसँग सीमा विवाद भनेर समिति बनाउनुपर्‍यो ? कसलाई खुसी पार्न ?’

उनले समितिलाई सीमा विवाद देखाउन चुनौती समेत दिए ।वर्तमान सरकारले चीनसँगको सम्बन्ध तनावग्रस्त बनाउन खोजेको ओलीको आरोप थियो ।

मन्त्रिपरिषद्को बैठकले चीनले हुम्लामा नेपालको भूमि मिचेको भन्दै त्यसको अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्